पोखरा । यहाँको पूरानो र सक्रिय सामाजिक संस्था धादिङ–पोखरा सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवरसमा २० औं बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिक नियमित कार्यक्रम अन्तर्गत पोखरा सभागृहचोकमा आयोजना गरेको कार्यक्रमबाट १ सय १४ युनिट रक्त संकलन भएको छ । रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रमको संयोजन सहकोषाध्यक्ष भगवति खतिवडाले गरेकी थिइन् ।
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारीले पहिलो रक्तदाता समाजका सचिव दिनेश तुलाधरलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।
प्रमुख अतिथि भण्डारीले पोखरामा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा समाजप्रति आभार व्यक्त गरिन् । उनले धादिङबाट आई पोखरालाई कर्मथलो बनाएर धादिङबासीहरु विभिन्न क्षेत्रमा स्थापित भएकोमा खुशी पनि प्रकट गरिन् ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा अन्तरसमाज महासंघ राष्ट्रिय समितिका कोषाध्यक्ष युगराम अगस्थी, निवर्तमान अध्यक्ष गोकर्ण लम्साल, संस्थापक अध्यक्ष नवराज दुवाडी, सल्लाहकार रामकृष्ण दुवाडी, पूर्व अध्यक्ष युवराज खतिवडा, त्रिपुराबाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, त्रिपुरासुन्दरी गाउँपालिका इकाई अध्यक्ष सुदर्शन बसौला, रक्तसञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागीलाई बरिष्ठ उपाध्यक्ष सरस्वति श्रेष्ठ सरुले स्वागत एवं महासचिव हरि पन्तले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
गण्डकी प्रदेशको बजेट आज, ३२ अर्ब ५० करोड हाराहारीमा बजेट प्रस्तुत हुँदै
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ