वालिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), स्याङ्जा शाखाको आयोजनामा स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ६, मिर्दीमा आधारभूत पत्रकारितासम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले पत्रकारिता क्षेत्रको विकासमा नगरपालिकाले विशेष चासो दिएको बताए । सक्षम पत्रकार उत्पादन गर्न यस्ता तालिमले मदत पु¥याउने उल्लेख गर्दै नगर प्रमुख खाँणले आदिवासी जनजातिलगायत समाजमा लुकेर रहेका सवालहरूलाई उजागर गर्न पत्रकारहरूले कलम चलाउनु जरुरी रहेको बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघ, स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलले आदिवासी जनजाति पत्रकार उत्पादनका लागि नगरपालिकाले गरेको सहयोग प्रशंसनीय रहेको बताए । आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघले सधैं हातेमालो गर्ने भन्दै उहाँले पत्रकारिताबाट बढ्दो पलायन रोक्न र नयाँ पत्रकार उत्पादनमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
तालिमका मुख्य प्रशिक्षक एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसले आदिवासी जनजातिका मुद्दालाई सञ्चारमाध्यममार्फत् मुखरित गराउन फोनिजले विशेष ध्यान दिएको बताउँदै पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति सहभागितासँगै मुद्दामा समेत उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको भनाइ राखे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), स्याङ्जाका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, स्याङ्जाका अध्यक्ष रवि गुरुङ, नेपाल मगर संघ, वालिङ नगर समितिकी उपाध्यक्ष सीता थापामगर, फोनिज, स्याङ्जाका सचिव धनु गुरुङले पनि बोलेका थिए । सोमबारसम्म सञ्चालन हुने तालिमको पहिलो दिन विभिन्न विषयमा मुख्य प्रशिक्षक एवं फोनिज, गण्डकीका अध्यक्ष रूद्रबहादुर श्रीस, फोनिज, गण्डकी प्रदेशका महासचिव धनबहादुर गुरुङ (सुमन), अग्रज पत्रकार गोपाल जिटीले सहजीकरण गरेका थिए । त्यस्तै, दोस्रो र तेस्रो दिन पत्रकार मोहन गुरुङ र कला रानाले सहजीकरण गर्ने अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह