पोखरा । लायन्स क्लब इन्टरनेशनल, ३२५ एम, नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२३÷०२४ का नवनिर्वाचित अध्यक्ष लायन रूद्रबहादुर श्रीसले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
नयाँ लायन वर्ष शुभारम्भको पूर्व सन्ध्यामा क्लबका नवनिर्वाचित अध्यक्ष श्रीसलाई निवर्तमान अध्यक्ष लायन उषा थापाले पदभार हस्तान्तरण गरेका हुन् । जुलाई १ तारिखबाट नयाँ लायन वर्ष प्रारम्भ भएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष श्रीसले डिष्ट्रिक्ट गभर्नरसमक्ष आफूले गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै क्लबलाई नयाँ उचाइमा लैजाने प्रतिज्ञा गरे । अग्रजको मार्गनिर्देशन र सदस्यहरूको सुझावलाई आत्मसात गर्दै क्लबलाई क्रियाशील बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताउँदै उहाँले छोटो समयमै क्लबलाई डिष्ट्रिक्टमा स्थापित बनाउन सफल भएको भन्दै संस्थापक अध्यक्ष र पूर्व अध्यक्षहरूलाई धन्यवाद समेत दिए ।
त्यसैगरी, पदभार हस्तान्तरणपछि बोल्दै निवर्तमान अध्यक्ष थापाले नवनिर्वाचित अध्यक्षले क्लबलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । लायनवाद र लायन्सको बारेमा आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले क्लबको नयाँ टिमलाई आफ्नो पूर्ण साथ र समर्थन रहने बताए । क्लबकी संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्टकी रिजन चेयरपर्सन लायन कोपिला श्रीसले नवनिर्वाचित अध्यक्षको नेतृत्वबाट क्लबले धेरै आशा गरेको बताए । आवश्यकतालाई प्राथमिकतामा राखेर सामाजिक सेवामा समर्पित हुनुपर्ने धारणा व्यक्त गर्दै उहाँले कुनै पनि कार्यलाई देखासिकीका रुपमा लिन नहुने उल्लेख गरे ।
डिष्ट्रिक्ट क्याबिनेट को–सेक्रेटरी लायन कुलचन्द्र शर्माले लायनवाद र लायन्सको बारेमा सबैले बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले क्लबलाई अघि बढाउन सुझाव दिए । कार्यक्रम क्लबकी निवर्तमान अध्यक्ष लायन उषा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन