पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा शनिबार पोखरामा क्रियाशील साहित्यिक संघसंस्थाबीच परिचयात्मक अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रतिष्ठानले संस्था स्थापनाको रजत वर्षको सन्दर्भ पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका वक्ताले नेपाली भाषा, कला, साहित्य, संगीत र संस्कृतिको श्रीवृद्धिमा विभिन्न संघसंस्थाले गरेको योगदानको मूल्याङ्कन राज्यबाट नभएकोमा चिन्ता व्यक्त गरे ।
परिचयात्मक अन्तरक्रिया कार्यक्रमका अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतम, शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरका अध्यक्ष हरि बरुवाल, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्मा, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला, सिर्जना साहित्य सदन घाचोकका अध्यक्ष शिवप्रसाद पोखरेल, लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदी, मुकुन्दशरण वाङ्मय परिषद्का उपाध्यक्ष टेकनाथ पीडित, लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्त, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कास्कीका सचिव परशुराम अधिकारी, अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका सहसचिव धर्मराज अल्पायु, गीताञ्जली साहित्य परिवारका नरेन्द्र रानाभाटले संस्थाको चिनारी प्रस्तुत गरेका थिए ।
संस्थाले २५, वर्ष २५ विशेष कार्यक्रमअन्तर्गत पाँचौं कार्यक्रमका रूपमा उक्त कार्यक्रम आयोजना गरिएको र अन्तरक्रियामा पनि २५ संस्थालाई आमन्त्रण गरिएकोमा भौतिकरूपमा उपस्थित हुन नसकेका दर्जन बढी संस्थाले आफ्नो चिनारी विद्युतियमाध्यमबाट पठाएर सहभागी भएको अध्यक्ष बलराम पौडेलले जानकारी गराए ।
सोही समारोह बीच संस्थाले संस्थापक पदाधिकारीहरूलाई सम्मानसमेत गरेको छ । यसरी सम्मानित हुनेमा संस्थापक सचिव कोविदशरण उपाध्याय, र संस्थापक अन्य पदाधिकारी शोभाकर तिम्सिना, कृष्णप्रसाद पौडेल, प्रा.डा.रामनाथ ओझा, माधवशरण बास्तोला, धर्मराज बास्तोला, कुलप्रसाद दाहाल, कृष्ण उदासी रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले आजको व्यवस्था ल्याउनका लागि साहित्यकारहरूको ठूलो भूमिका रहेकाले प्रतिष्ठान सधैं सर्जकसँग रहने बताए । कुलपति बिखर्चीलाई रजत जयन्ती विशेष सम्मानसमेत गरिएको कार्यक्रममा सम्मर गायक, लालबहादुर गायक र सम्मरबहादुर गायकसँग सारङ्गी प्रशिक्षणमा रहेका भाइबहिनीले गन्धर्व गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्मानितकातर्फबाट प्रा.डा. रामनाथ ओझा, कोविदशरण उपाध्याय, शोभाकर तिम्सिन समाजसेवी ऋषिराम पौडेललगायतले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव गंगा त्रिपाठीको स्वागत मन्तव्य र सचिव परशुराम अधिकारीको सञ्चालन रहेको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’