पोखरा । राष्ट्रिय जनसाँस्कृतिक महासंघका संस्थापक केन्द्रीय सदस्य स्वर्गिय प्रा. डा. रविलाल अधिकारीको ७९ औं जन्म जयन्तीको अवसरमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा शर्मिला कार्की प्रथम, संयोग बस्याल द्वितिय, रमा खतिवडा तृतिय, रोशन तिमिल्सिना सान्त्वना तथा आर्या त्रिपाठीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले साहित्य, कला र सँस्कृतिका सन्दर्भमा राजनैतिक नेतृत्वको ध्यान जान नसकेकोमा दुःख व्यक्त गरे । त्यसै गरी विम्व कवि रमेश श्रेष्ठले कवितामा राजनैतिक चेत हुनुपर्ने तर कविता नारा बन्न नहुने विचार राखे ।
कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठले रविलाल गुरुको जीवनबाट सरलता र निरन्तरताको पाठ सिक्न सकिने बताए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, समालोचक डा. यदुनन्दन उपाध्याय र साहित्यकार अधिकारीका ज्येष्ठ पुत्र प्रमोद अधिकारीले समेत साहित्यकार अधिकारीको जीवनको विविध पाटाहरुको बारेमा बताएका थिए ।

कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष सुवास मल्लले गुरु प्रदेशभरमा महासंघको एक जनामात्र संस्थापक रहनुभएकोले उहाँको जयन्ति हरेक वर्ष मनाउने जनाए ।
कुल ३८ वटा कविताहरु सहभागि प्रतियोगिताको अन्तिम चरणका लागि १५ वटा कविता छनौट भएका थिए । प्रतियोगिताको निर्णायक मण्डलको भूमिका विम्व कवि रमेश श्रेष्ठ, समालोचक डा. यदुनन्दन उपाध्याय र कवि लक्ष्मी थापाले निर्वाह गरेका थिए ।
कार्यक्रममा महासंघ कास्की जिल्ला कमिटीका अध्यक्ष शिवहरी ढुंगानाले स्वागत मन्त्व्य राख्नुभएको थियो भने सञ्चालन गण्डकी प्रदेश कमिटीका महासचिव छवि सुवेदीले गरेका थिए । कार्यक्रमको सहआयोजक राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कास्की जिल्ला कमिटी रहको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह