गोरखामा धन्सार भत्किएर पुरिँदा एक महिलाको मृत्यु

गोरखामा धन्सार भत्किएर पुरिँदा एक महिलाको मृत्यु

death body

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ ढाबेमा निर्माणाधीन धन्सार भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

सोमबार हिजो बिहान ९ बजेतिर जङ्गबहादुर बरामको निर्माणाधीन धन्सार भत्किँदा उनकी श्रीमती ४१ वर्षकी मीना बरामको घटनास्थलमै मृत्यु भएको हो ।

धन्सार बनाउँदै गरेका जङ्गबहादुरका छिमेकी ६५ वर्षका रामकृष्ण बराम गम्भीर घाइते भएका छन् ।

कम्मरमुनिको भागमा गम्भीर चोट लागेका बरामलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । यस्तै, घाइते भएका जङ्गबहादुर र उनका छोरा २१ वर्षका सुजन बराम सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ