पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए ।
वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले भोलिपल्ट सोमबार नै प्रहरीमा जाहेरी दिन पुगेका थिए । तर, प्रहरी कार्यालय र जिल्ला प्रशासनले समेत उजुरी लिएको थिएन । त्यसपछि मंगलबारदेखि नै वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।
निर्माणाधिन बाटो हिलो भएको भन्दै वडाध्यक्षले आइतबार दिउँसो साढे २ बजेको समयमा आफूलाई दिनदहाडै बीच सडकमै हातपात गरेको भण्डारीको भनाई छ । तर, सडकको अनुगमन गर्न ६ पटक जाँदा पनि भेट नभएको र काम नगरेकाले सचेत गराउँदा कुटपिटको आरोप लगाएको वडाध्यक्ष गुरुङको दाबी छ । आर्थिक वर्ष सकिन लाग्ने बेलासम्म काम सकिने छाँटकाट नदेखेपछि उपाभोक्ता समितिसँग सामान्य भनाभन भएको उनले बताएका थिए ।
वडाध्यक्ष गुरुङले आफू छलफलका लागि तयार रहेको र घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । जाहेरी परेर पक्राउ पर्नेभएपछि वडाअध्यक्ष उनले आफ्नो फेसबुकमा एक स्टाटस राखेर जनताको सेवा ढिला गर्नेहरुकोबिरुद्ध चौकी हैन जेल बस्न तयार रहेको बताएका । उनले आफ्नो स्टाटसमा अघि लेखेका छन्,’ ‘विकासको काममा किन ढिलाइ गरेको कारण उपभोक्ता समिती सँगको बिवादमा थुनामा जानु पर्ने रैछ ! म जनताको सेवा ढिला गर्नेहरुको विरुद्ध चौकी हैन जेल बस्न तयार छु । जय जनता ।’
उक्त सडकमा नाली बनाउने र जाली भर्ने कामका लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
खुल्यो वडा कार्यालयको ताला
वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा लगाएको ताला खुलेको छ । वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।
उपभोक्ता समितिमाथि कुटपीट गर्ने वडाध्यक्षविरुद्ध जाहेरी दर्ता भएपछि आफूहरुले ताला खोलेको माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान प्रमुख तथा नेकपा एमाले नेता कर्ण गुरुङले जानकारी दिए । ‘हाम्रो माग नै वडाध्यक्षलाई कारवाही गर्न जाहेरी दर्ता होस् भन्ने थियो । अहिले जाहेरी दर्ता भइसकेको भन्ने भएपछि ताला खोलिएको हो,’ उनले भने ।
सम्बन्धित समाचारः
कास्की माछापुच्छ्रे ८ का वडाध्यक्ष राम गुरुङ दोस्रोपटक कुटपिटमा उत्रिएपछि …
सम्बन्धित खबर
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगायो, यातायात प्रभावित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा
स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार