पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए ।
वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले भोलिपल्ट सोमबार नै प्रहरीमा जाहेरी दिन पुगेका थिए । तर, प्रहरी कार्यालय र जिल्ला प्रशासनले समेत उजुरी लिएको थिएन । त्यसपछि मंगलबारदेखि नै वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।
निर्माणाधिन बाटो हिलो भएको भन्दै वडाध्यक्षले आइतबार दिउँसो साढे २ बजेको समयमा आफूलाई दिनदहाडै बीच सडकमै हातपात गरेको भण्डारीको भनाई छ । तर, सडकको अनुगमन गर्न ६ पटक जाँदा पनि भेट नभएको र काम नगरेकाले सचेत गराउँदा कुटपिटको आरोप लगाएको वडाध्यक्ष गुरुङको दाबी छ । आर्थिक वर्ष सकिन लाग्ने बेलासम्म काम सकिने छाँटकाट नदेखेपछि उपाभोक्ता समितिसँग सामान्य भनाभन भएको उनले बताएका थिए ।
वडाध्यक्ष गुरुङले आफू छलफलका लागि तयार रहेको र घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । जाहेरी परेर पक्राउ पर्नेभएपछि वडाअध्यक्ष उनले आफ्नो फेसबुकमा एक स्टाटस राखेर जनताको सेवा ढिला गर्नेहरुकोबिरुद्ध चौकी हैन जेल बस्न तयार रहेको बताएका । उनले आफ्नो स्टाटसमा अघि लेखेका छन्,’ ‘विकासको काममा किन ढिलाइ गरेको कारण उपभोक्ता समिती सँगको बिवादमा थुनामा जानु पर्ने रैछ ! म जनताको सेवा ढिला गर्नेहरुको विरुद्ध चौकी हैन जेल बस्न तयार छु । जय जनता ।’
उक्त सडकमा नाली बनाउने र जाली भर्ने कामका लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
खुल्यो वडा कार्यालयको ताला
वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा लगाएको ताला खुलेको छ । वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।
उपभोक्ता समितिमाथि कुटपीट गर्ने वडाध्यक्षविरुद्ध जाहेरी दर्ता भएपछि आफूहरुले ताला खोलेको माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान प्रमुख तथा नेकपा एमाले नेता कर्ण गुरुङले जानकारी दिए । ‘हाम्रो माग नै वडाध्यक्षलाई कारवाही गर्न जाहेरी दर्ता होस् भन्ने थियो । अहिले जाहेरी दर्ता भइसकेको भन्ने भएपछि ताला खोलिएको हो,’ उनले भने ।
सम्बन्धित समाचारः
कास्की माछापुच्छ्रे ८ का वडाध्यक्ष राम गुरुङ दोस्रोपटक कुटपिटमा उत्रिएपछि …
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो