सुडानमा हवाई आक्रमण हुँदा २२ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण हुँदा २२ जनाको मृत्यु

sudan1

सुडान । सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु छ ।

हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो ।

सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो ।

आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।

विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् ।

यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ