पोखरा । म्याग्दीको मालिका गाउँपालिका– ३ पात्लेकी टमकुमारी रोकामगरकी नौ महिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ । घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी टमकुमारी रोकामगर गण्डकी मेडिकल कलेजमा उपचार गरी घर फर्किएकी छन् ।
एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रा.लि.की प्रबन्ध निर्देशक शोभा के.सी., परिचय एड्भर्टाइजिङ प्रा.लि.का सञ्चालक सोबित बस्याल, चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारी, सामाजिक अभियन्ता सोभित ठकुरी, खेम ठकुरी, सजिला नेपाल, सुस्मिता, ज्योति, परिचय डटकमकी सुनिता शर्मा लगायतका सहयोगी हातहरूले सङ्कलन गरेको १५ हजार १ सय ५० रूपयाँ आइतबार टमकुमारीकी काकी तथा सामाजिक अभियन्ता भीमसरा घर्ती मगरलाई हस्तान्तरण गरिएको हो ।
एकेडेमीकी शोभा के.सी.ले घाइते टमकुमारीका बच्चाबच्चीको पढाइ खर्चमा सहयोग पुगोस् भनेर सहयोग जुटाएको जनाएकी छन् । भीमसरा घर्तीले टमकुमारीको उपचार सफल भएको र छोराछोरीका लागि पढाइ खर्च वापत प्राप्त भएको रकम बैङ्कमा जम्मा गरिदिने बताउँदै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी टमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदाभीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ५ लाख ७ हजार भन्दा बढी रकम जुटेको जानकारी गराइन् ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)