पोखरा । म्याग्दीको मालिका गाउँपालिका– ३ पात्लेकी टमकुमारी रोकामगरकी नौ महिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ । घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी टमकुमारी रोकामगर गण्डकी मेडिकल कलेजमा उपचार गरी घर फर्किएकी छन् ।
एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रा.लि.की प्रबन्ध निर्देशक शोभा के.सी., परिचय एड्भर्टाइजिङ प्रा.लि.का सञ्चालक सोबित बस्याल, चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारी, सामाजिक अभियन्ता सोभित ठकुरी, खेम ठकुरी, सजिला नेपाल, सुस्मिता, ज्योति, परिचय डटकमकी सुनिता शर्मा लगायतका सहयोगी हातहरूले सङ्कलन गरेको १५ हजार १ सय ५० रूपयाँ आइतबार टमकुमारीकी काकी तथा सामाजिक अभियन्ता भीमसरा घर्ती मगरलाई हस्तान्तरण गरिएको हो ।
एकेडेमीकी शोभा के.सी.ले घाइते टमकुमारीका बच्चाबच्चीको पढाइ खर्चमा सहयोग पुगोस् भनेर सहयोग जुटाएको जनाएकी छन् । भीमसरा घर्तीले टमकुमारीको उपचार सफल भएको र छोराछोरीका लागि पढाइ खर्च वापत प्राप्त भएको रकम बैङ्कमा जम्मा गरिदिने बताउँदै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी टमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदाभीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ५ लाख ७ हजार भन्दा बढी रकम जुटेको जानकारी गराइन् ।
सम्बन्धित खबर
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई: जनगुनासो र समृद्धिको मार्गचित्र
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण
दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान: स्याङ्जाका किसानलाई करोडको राहत
जबरजस्ती करणी मुद्दाका फरार खुमा १५ महिनापछि पक्राउ
चिनियाँ पर्यटकलाई लक्षित गरी पोखरामा आधारभूत चिनियाँ भाषा तालिम
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ