माल्टा पठाइदिने भन्दै पीडितबाट झन्डै ६ लाख ठगी गर्ने गोरखाकी तामाङ पक्राउ

माल्टा पठाइदिने भन्दै पीडितबाट झन्डै ६ लाख ठगी गर्ने गोरखाकी तामाङ पक्राउ

pakrau-crime mahila

काठमाण्डौ। वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखा जिल्ला पालुङटार नगरपालिका -५ स्थायी घर भइ हाल काठमाण्डौ तारकेश्वर नगरपालिका फुटुङ बस्दै आएकी २९ वर्षीया शुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

माल्टाको प्रतिष्ठित होटलमा काममा लगाइदिनुका साथै तलव पनि मासिक रू १ लाख बढी तलब हुन्छ भन्दै तामाङले संजय गिरी नाम गरेका व्यक्तिसँग पटक-पटक गरी ५ लाख ८५ हजार लिएर सम्पर्क विहिन भएकी थिइन्।

गिरीले आफू ठगिएको भन्दै तामाङ विरुद्ध उजूरी दिए पश्चात प्रहरीले तामाङलाई सोमबार तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ