पोखरा । राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१० औं जन्मजयन्ती पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ ।
भानु वाङमय प्रतिष्ठान पोखराले शुक्रबारले शुक्रबार बिहान प्रभातफेरीसहित विविभ कार्यक्रम गरेको छ । चिप्लेढुंगाबाट सुरु भएको ¥याली महेन्द्रपुल, रानीपौवा, हुँदै फूलबारीस्थित भानुपार्कमा पुगेर समारोहमा परिणत भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भानुको शालिकमा माल्यार्पण गरे ।
पृथ्वीनारायण क्याम्पसबाट स्नातकोत्तर तह नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउन मीलनकुमारी नेपालीलाई उक्त अवसरमा भानु वाङमय पुरस्कार २०८० प्रदान गरिएको छ । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थापना गरेको पुरस्कार प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा साहित्यकार, शिक्षक, विद्यार्थी, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु, सुरक्षाकर्मी लगायत सहभागी थिए ।
भानुभक्तीय रामायण वाचन प्रतियोगिता
२१० औं भानुु जयन्तीका अवसरमा आदिकवि भानुुभक्त क्याम्पस, व्यास–१ तनहुुँको आयोजनामा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रतियोगितामा आदिकवि भानुुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुुँका छात्राद्वय रोशा रसायली र अनिषा घर्ती द्वितीय र गोगन माध्यमिक विद्यालय कास्कीकी छात्रा सुजाता पौडेल तृतीय भएका छन् ।
प्रतियोगितामा महर्षि बेदब्यास मावि तनहुँका श्रेयन आचार्य र शिव मावि तनहुँकी सुनयना पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रोत्साहन पुरस्कार स्वाधिनता पौडेललाई प्रदान गरियो ।
प्रतियोगिताका विजयी विद्यार्थीलाई आदिकवि भानुुभक्त क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बुुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली विभागका प्रमुख विजयराज खनालले संयुक्त रुपमा पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुुभक्त आचार्यले नेपाली भाषाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएको बताउँदै उनको योगदान चीरकाल पर्यन्त जीवन्त रहने बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख विजयराज खनाल लगायतले यस किसिमका प्रतियोगिताले भानुभक्तको योगदानको स्मरणसँगै साहित्यिक गतिविधि जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला