सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्यो ।
पोखराान पनि केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, महतगौंडाको हरिहर मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर लगायतका शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा भीड लागेको थियो ।

पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका थिए । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठूलो भीड जम्मा भएको थियो ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समितिले पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पणसँगै पूजा गर्ने गर्दछन् ।
साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो