फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार दिइने भएको छ । पोखरा फोटोग्राफर संघको मंगलबार भएको ४२ औं वार्षिकोत्सवमा पुरस्कृत व्यक्तित्वको नाम घोषणा भएको हो ।
संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवि र उनकी पत्नी तीर्थले आफ्ना बाआमाको स्मृतिमा स्थापना गरेको यो यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनीय भूमिका खेल्ने फोटोग्राफरलाई प्रदान गरिँदै आएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि नगद २५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।
विश्व फोटोग्राफी दिवस अगस्ट १९ मा पुरस्कार वितरण हुने संघले जनाएको छ । यसअघि यो पुरस्कारबाट पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजू, रमा राना, मदन सुब्बा र दमौलीका कुमारमोहन श्रेष्ठ सम्मानित भइसकेका छन् ।
घनश्याम पौडेल संयोजक रहेको प्रतिभा छनौट समितिले रामलाई पुरस्कार दिन सिफारिस गरेको हो । समितिका सदस्यमा दुर्गाप्रसाद पौडेल, रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टीकाराम पराजुली र अक्षयकोषदाताको तर्फबाट तीर्थ श्रेष्ठ थिए ।
पुरस्कृत व्यक्तित्व गुरुङ अढाइ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनी पोखरा सिटी डटकमका सञ्चालकसमेत हुन् । उनले सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६७, राष्ट्रिय फोटोपत्रकार अवार्ड २०७३, तमु पत्रकारिता प्रोत्साहन पुरस्कार २०७४, आदिवासी जनजाति महासंघ स्वतन्त्र फोटोपत्रकारिता अवार्ड २०७४, नेपाल भूतपूर्व खेलाडी मञ्च पत्रकारिता पुरस्कार २०७८, गजेन्द्र भण्डारी स्मृति पुरस्कार २०७७ आदि पाइसकेका छन् ।
संघले वार्षिकोत्सवको अवसरमा मंगलबार बिहान आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’