पोखरा महानगरपालिका वडा नं. १७ पावरहाउस नजिकै फुस्रेखोलामा दह छ । त्यहाँ पौडी खेल्न मिल्ने भएकाले धेरैको रोजाईको ठाउँ पनि बनेको छ । तर, फुस्रेखोलाले निरन्तर ज्यान लिइरहेको छ । डुबेपछि उद्धार गर्न सकिएको रेकर्ड छैन । तर पनि उक्त स्थानमा पौडी खेल्न रोकिएको छैन ।
केहि वर्ष अघि प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु यसरी अकालमा डुबेर ज्यान गुमाउने गरेका छन् । पोखराकै पनि धेरैले ज्यान गुमाएका छन् ।
हिजो शनिबार साँझ करिब ५ः२० बजे पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर पौडी खेल्ने क्रममा बेपत्ता भए । खोजी कार्य गर्दा राती ७ः५० बजे नजिकै खोँचमा फेला पर्दा उनको प्राण गइसकेको थियो । गत १६ बैशाखमा पनि पोखरा १५, नयाँगाउँका १५ वर्षीय बालक रोनिश गुरुङकाे डुबेर ज्यान गएकाे थियाे ।
हिजाे पौडी खेल्ने क्रममा बेपत्ता भएका विवेकलाई बैदाम प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोलीले रातिसम्म टर्च बालेरै खोजी गरेको हो । उनलाई पश्चिम क्षेत्रिय अस्पतालमा लैजाँदा मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार साढे ४ बजेतिर विवेक अन्य ३ साथीसहित खोलामा गएका थिए । विवेक डुबेपछि नजिकै रहेका युवाले उद्दारको प्रयास गरेपनि उनको प्रयास असफल भएपछि प्रहरीकहाँ खबर पुगेको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा तीन जना साथीहरु भागिसकेका थिए । बैदाम प्रहरी टोली घटनास्थल पुग्दा स्कुटरको हेलमेट र चाबी फेला परेको थियो । त्यस चाबी सडकमा रहेको स्कुटरसँग मिलेपछि सोहि आधारमा युवकको विवरण पत्ता लागेको हो ।

सम्बन्धित समाचारः
पाेखराकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय किशाेरको मृत्यु
पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
पोखराको फुस्रेखोलामा महिलाको शव फेला
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ