नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकारकाे भ्रष्टाचारकाे फाइल खाेल्ने अभियान स्टन्टबाजी मात्र रहेकाे बताएका छन् । सरकारका गृहमन्त्री काम गर्नुको सट्टा धम्क्याउने धन्दामा लागेको ज्ञवालीकाे भनाई छ ।
प्रेस चौतारी नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले सुन काण्डमा गृहमन्त्रालय फेल भएकाे पनि बताए ।
उनले त्रिभुवन विमानस्थलमा गृह मन्त्रालयका थुप्रै विङ्स हुँदाहुँदै पनि गृह प्रशासनले काम गर्न नसकेको आरोप लगाए । गृह मन्त्रालयले २२ /२३ पटकसम्म सुन तस्करी हुँदा समेत थाहा नपाउने र पछिल्लो पटक पनि गृह मन्त्रालयले नभई प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागले बाहिर ट्याक्सीमा समाएको ज्ञवालीकाे भनाई छ ।
‘त्रिभुवन विमानस्थलमा गृह मन्त्रालयका थुप्रै विङ्गसहरु छन् । समग्र अध्यागमन, सुरक्षाको दोस्रो घेरा सशस्त्र प्रहरी, सुरक्षाको भित्री घेरा नेपाल प्रहरी, अनुसन्धानको टीम हुन्छन् । यी सबै गृह अन्तर्गत हुन् । यी तह पार भएर, भन्सारबाट पनि बाहिर आएर अनि राजश्वले मात्र फेला पार्ने स्थिति हुनु गृह प्रशासन फेलियर भयो भन्ने देखिँदैन र यसबाट ?’ उपमहासचिव ज्ञवालीले भने ।
गृह मन्त्रालय मातहतका सबै सर्कल फेल भएर सुन भटाभट बाहिरिएको बताउँदै ज्ञवालीले गृहमन्त्रीले नगरेको काम आफैँ गरेको भनेर भ्रम छरेको बताए । गृहमन्त्रीले कसैलाई पनि छाड्दिन भनेर तर्साउने गरेको समेत ज्ञवालीको भनाई छ ।
‘अहिले त प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागले बाहिर ट्याक्सीमा समाएको हो । तर उहाँ त बडा कुरा गर्दै हुनुहुन्छ त कसैलाई पनि छाड्दिन । नछोड्नुस् न त, नछोड्नुस् नै भनेर तपाईँलाई गृहमन्त्री बनाएको होला । गृहमन्त्रीले काम गर्ने हो, अरूलाई तर्साउने धम्काउने होइन ।’ ज्ञवालीले भने । यो केसमा गृह मन्त्रालय टोटल फेलिएर भइसकेकाले गृहमन्त्रीले कसैलाई छाड्दिन भन्नुपर्ने कारण आफूले नदेखेको ज्ञवालीको भनाई थियो ।
साँच्चिकै भ्रष्टाचार निर्मुल गर्ने काममा एमालेको सधैं साथ रहने तर नियतवश गर्ने कामकाे विराेध गर्ने उनले बताए । भ्रष्टाचारको छानविन गर्न पहिले सरकारमा रहेकाहरु सफा हुनुपर्ने ज्ञवालीले बताए ।
उपमहासचिव ज्ञवालीले भने– ‘फाइल पल्टाउने काम सेलेक्टिभ हुनुहुँदैन । राजनीतिक साैदाबाजीकाे अस्त्र बन्नु हुँदैन । लडाकु शिविरकाे फाइल खाेलाैँ । वाइडबडी, यति, ओम्नी सबै खाेलाैँ । सच्चा नियतले गरिने काममा एमालेकाे साथ रहनेछ । तर, सरकार टिकाउन, राजनीतिकाे साैदाबाजीकाे हिसाबमा चल्नुभएन । सेलेक्टिभ फाइल पल्टाउनु सही नियत हाेइन । ललिता निवासको फाइल त एमालेले खोलेको हो नि ।’
अर्थतन्त्र चौपट बनाएर देशलाइ सबै हिसाबबाट बर्बाद पार्ने काममा गठबन्धन सरकार लागेको उनकाे भनाई थियाे। ज्ञवालीले नागरिकलाई सुशासन र समृद्धि दिलाउन संघियता ल्याइएको भन्दै संघियताको सदुपयोग गर्ने तर्फ सरकारको ध्यान जान नसकेको बताए।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले वर्तमान सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।
ुसरकारकाे वैदेशिक नीति असन्तुलित छ । सरकार टिकाउने नाममा एकातिर ढल्किएकाे छ । प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पूरा गरिदिने कडी बन्याे ।’ उनले भने– ‘भारतले चाहेका जलविद्युत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखि अलपत्र पारेको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरी थप दुईवटा आयोजना पुन: जिम्मा लगाउने काम भएको छ।’
प्रेस चाैतारी कास्कीका अध्यक्ष अर्जुन गिरीकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प