पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका – ८ ईन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचनलाई प्रहरीले अवैध लागु सहित पक्राउ गरेको हो।
अवैध लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा आईतबार अन्दाजी साँझ ६ बजे लागु औषध नियन्त्रण व्युरो शाखा पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तुलाचनको कोठाबाट विभिन्न परिमाणमा लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
विकका अनुसार प्रहरीले उनको कोठाबाट ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, नुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल लागु औषध र नाईट्रोभ्याट ३०५ ट्याब्लेट, गाँजा ४७० ग्राम लगायत डिजिटल तराजु २ थान र मोवाईल १ थान बरामद गरेको छ।
प्रहरी नियन्त्रणमा रहेका उनीमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धी मुद्धामा ५ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ