पोखरा । हालः हङकङमा रहेका समाजसेवी दुर्गा गुरुङ “मिलन”द्वारा स्थापित सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा गंगाकुमारी गुरुङ तेस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न फाउण्डेशनको अधिवेशनबाट उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा अमरबहादुर अधिकारी, सह–सचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा यामबहादुर मल्ल (जीवन) र सह–कोषाध्यक्षमा धनकुमारी गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यसैगरी, नवनिर्वाचित नौ सदस्यीय सञ्चालक समितिका सदस्यहरूमा सागर पौडेल, मनलाल गुरुङ र नारायण क्षेत्री रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी उपाध्यक्ष खिमा गुरुङले सामाजिक सेवामा मिलन फाउण्डेशन नेपाल अब्बल संस्था रहेको बताइन् । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”ले फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको भन्दै उनले प्रशंसा गरिन् । नवनिर्वाचित सञ्चालक समितिलाई बधाई दिँदै उपाध्यक्ष गुरुङले जुझारू र ऊर्जावान् टिम निर्वाचित भएको बताइन् । फाउण्डेशनलाई थप क्रियाशील बनाएर अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने उनले विश्वास व्यक्त गरिन् ।
मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेलले मिलन ग्रुप अफ नेपालमा आबद्ध विभिन्न संघसंस्थाहरूमार्फत् नेपालका विभिन्न क्षेत्रमा सामाजिक योगदान गरिरहेको भन्दै समाजसेवी दुर्गा गुरुङ “मिलन” सामाजिक क्षेत्रका लागि उदाहरणीय व्यक्तित्व भएको बताइन् । त्यस्तै, मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का प्रवक्ता रूद्रबहादुर श्रीसले नयाँ नेतृत्वले संस्थालाई अझ सक्रियताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव धनबहादुर गुरुङ “सुमन”ले मिलन फाउण्डेशन नेपाल यस क्षेत्रकै अग्रणी सामाजिक संस्था भएको बताए ।
मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य अमरबहादुर अधिकारी र उपाध्यक्ष देवी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैबीच, मिलन फाउण्डेशन नेपालको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले दुई सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारमा क्या. हितकाजी गुरुङ र रूद्रबहादुर श्रीस रहेका छन् ।
सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
गण्डकी प्रदेशको बजेट आज, ३२ अर्ब ५० करोड हाराहारीमा बजेट प्रस्तुत हुँदै
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ