पोखरा । पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमका विच स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाई मात्र प्रयाप्त नहुने बताए । उनले अबका विद्यार्थीहरुले देशमै सम्भावनाको खोजी गर्नुपर्नेम जोड दिंदै समाजले आफ्नों उपस्थितीको आवास गर्नसक्ने गरि काम गर्न पनि आग्रह गरे । त्यस्तै, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका डा.सन्तोष कोइरालाले जिवनपयोगी शिक्षाका बारेमा चर्चा गरेका थिए ।
विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीहरुले दृढ संकल्प गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासंगै सामाजिक, साँस्कतृतीक लगायत विविद्य पक्षमा अग्रसर बन्दै जिम्मेवार नागरिक बन्न आग्रह गरे एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्यानका लागि यहि विद्यालय रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्ने विद्यार्थीको चाहना विद्यालयले पुरा गर्ने प्रतिवद्धता जाहेर गरे ।
फिस्टेल माउण्टेन कलेजका राजु लामिछानेले साइनिङ स्टार बोर्डिङ्गले विद्यार्थीहरुलाई लक्ष्य सम्म पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरु किस्मत सर्मा, चाहना शाह, सञ्जय, प्रविना लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए । विद्यालयका संस्थापक बविता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, नेपाली विषय शिक्षक मानबहादुर थापा लगायतले विद्यालयका गतिविधीबारे चर्चा गरेका थिए ।
विद्यालयले प्लस टु तर्फ कलेज अफ म्यानेज्मेण्ट, होटल म्यानेज्मेण्ट, ट्राभल टुरिजम एण्ड कम्प्युटर विषयमा अध्यापन गराउँदै आएको छ ।
सम्बन्धित खबर
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई: जनगुनासो र समृद्धिको मार्गचित्र
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण
दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान: स्याङ्जाका किसानलाई करोडको राहत
जबरजस्ती करणी मुद्दाका फरार खुमा १५ महिनापछि पक्राउ
चिनियाँ पर्यटकलाई लक्षित गरी पोखरामा आधारभूत चिनियाँ भाषा तालिम
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ