सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री

rekha_sharma_

?????? ??? ????? ?????????????? ???? ????? ??????? ??????????????? ????????? ??????? ????????????? ????????? ?????????? ? ?????? : ??????? ?????/????

काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करीमाथि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको प्रतिक्रिया दिएकी हुन् ।

उनले वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरिन् ।

यही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सङ्घीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उनले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास व्यक्त गरिन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds