पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को आयोजना गर्ने भएको छ । पोखरा ९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुनेछ ।
संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको मिति घोषणा गरेको हो । अध्यक्ष पवनकुमार प्रजापतिले यसअघिको जस्तै मेला पोखरा र र सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यमा समर्पित रहेन बताए ।
लगानीको सम्वर्द्धनः उद्योग ब्यवसायको प्रवर्द्धन भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा पर्यटकीय सम्भावना उजागर गर्ने उनले बताए । पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकसित भएको बताउँदै उनले मेलाको स्वरुप परिमार्जन गरी सहर सुहाउँदो बनाइने उनको भनाइ थियो ।
अघिल्लो मेलाबाट १३ लाख बचत
संघले गएको मंसिर १६ देखि २५ गतेसम्म आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको जनाएको छ ।
विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी हुँदा १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च भएको अध्यक्ष प्रजापतिले बताए । मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।
महासचिव बलराम आचार्यका अनुसार संघले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा गर्दै आएको योगदानलाई पनि निरन्तरता दिनेछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’