पोखरा । आज शुक्रबार देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणाली (Well Marked Low Pressure Area) को आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी क्षेत्रको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार पक्षबाट सर्वाेच्चमा पुनरावेदन
शेखरलाई विद्याले भनिन्- देशका लागि मिलेर केही गरौँ, सहयोग पाउने आशामा छु
आफ्नै पार्टीको गठबन्धन भत्काउन शेखर अग्रमोर्चामा, प्रधानमन्त्री बन्ने चक्करमा पार्टी फुटाउन उद्धत, विद्या, प्रचण्ड र माधवको साथ !
विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाटै वञ्चित
एमालेमा ७० वर्ष उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ