लमजुङको मर्स्याङदी गाउँपालिकामा कौडा खेलिरहेका २२ जना ५ लाख नगदसहित पक्राउ

लमजुङको मर्स्याङदी गाउँपालिकामा कौडा खेलिरहेका २२ जना ५ लाख नगदसहित पक्राउ

arrest

लमजुङ। कौडा खेलिरहेको अवस्थामा प्रहरीले एकैपटक २२ जनालाई पक्राउ गरेको छ।

जिल्लाको मर्स्याङदी गाउँपालिका -९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले सोही पालिका -३ बस्ने ३६ वर्षीय मिनराज तामाङ सहित २२ जनालाई बिहीबार राति पक्राउ गरेको हो।

उक्त स्थानमा कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds