लमजुङको मर्स्याङदी गाउँपालिकामा कौडा खेलिरहेका २२ जना ५ लाख नगदसहित पक्राउ

लमजुङको मर्स्याङदी गाउँपालिकामा कौडा खेलिरहेका २२ जना ५ लाख नगदसहित पक्राउ

arrest

लमजुङ। कौडा खेलिरहेको अवस्थामा प्रहरीले एकैपटक २२ जनालाई पक्राउ गरेको छ।

जिल्लाको मर्स्याङदी गाउँपालिका -९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले सोही पालिका -३ बस्ने ३६ वर्षीय मिनराज तामाङ सहित २२ जनालाई बिहीबार राति पक्राउ गरेको हो।

उक्त स्थानमा कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds