पोखरा । आज शनिबार देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
आजको मौसम पूर्वानुमान
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ