पोखरा । शनिबार (आज) पोखरामा निशुल्क दन्त शिविर हुँदैछ । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा शिविर भएको हो ।
नियमित दाँतको चेकअप आवश्यक रहेको भन्दै निशुल्क दन्त शिविर राखिएको आयोजकले जनाएको छ ।
नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने डेन्टल सर्जन सम्झना गौतमले बताइन् । साथै मानिसलाई दाँत÷मुख सम्वन्धि समस्याबाट हुने दुखाईबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज आवश्यक रहेको उनको भनाई छ ।
‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ । नियमित दन्त परिक्षणले तपाईको मुख स्वास्थ्यमा केही समस्या छ, छैन भन्ने पत्ता लगाउन मद्दत गर्छ र भविश्यमा त्यस्ता समस्या आउन सक्ने वा आइसकेमा तिनीहरुको उचित उपचारमा मद्दत मिल्छ । नियमित दन्त चेकजाँज गरौं, यसले तपाईलाई स्वस्थ पनि राख्छ भविश्यमा हुने ठुलो खर्च रकमलाई पनि जोगाउँछ ।’ गौतमले भनिन् ।
शिविरमा विशेषज्ञबाट निशुल्क परामर्श पनि लिन सकिने हुँदा सेवाको लाभ लिन वेष्ट भ्याली डेन्टल क्लिनिककी प्रमुख कार्यकारी अधिकृत सुभा कोइराला वाग्ले आग्रह गरिन् । दन्त विशेषज्ञको प्रत्यक्ष निगहरानीमा शिविर सञ्चालन हुने समेत वाग्लेले जानकारी दिइन् ।
रोग लागेर पछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय भएकाले बेलैमा आफ्नो स्वस्थ्य चेकजाँज गर्नुपर्ने अभियान युवा क्लबका अध्यक्ष राजु गिरीले बताए । दाँतको समस्या भएकालाई विशेष अनुरोध गर्दै समस्या नै नभएकालाई पनि सामान्य चेकजाँच र विशेषज्ञको सल्लाहका लागि शिविरमा सहभागि हुन क्लबका अध्यक्ष गिरीले आग्रह गरे ।
वेष्ट भ्याली क्लिनिकले दाँत, छाला तथा कपाल प्रत्यारोपणका सेवा दिँदै आइरहेको छ भने अभियान युवा क्लब विगत १७ वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रियरुपमा काम गर्दै आएको संस्था हो ।
शिविर जिरो किमीचोक देखि २ सय मिटर उत्तरतर्फ वेष्ट भ्याली डेन्टल क्लिनिकको प्राङ्गणमा बिहान ७ बजेदेखि १० बजेसम्म हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
गण्डकी प्रदेशको बजेट आज, ३२ अर्ब ५० करोड हाराहारीमा बजेट प्रस्तुत हुँदै
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ