पोखरा । पोखरा महानगरपालिकामा क्रियाशील स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आबद्ध कर्मचारीहरुको भेला र अधिवेशनले हरिलाल आचार्यको अध्यक्षतामा ११ सदस्यीय पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन गठन गरेको छ ।
शुक्रबार भएको भेलाले उपाध्यक्षमा दमयन्ती पराजुली, सचिवमा अनिल आचार्य, सहसचिवमा अर्जुनबहादुर क्षेत्री, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यहरुमा गोबिन्दप्रसाद देवकोटा, सबिना श्रेष्ठ, रबिन्द्र गोदार, राजेन्द्र पौडेल, दिपक कोइराला र गौरा रिमाल छन् । भेलाले नारायणप्रसाद शर्मा संयोजक, महेन्द्र गोदार र मञ्जु ढुंगाना सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
संगठनका निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य थममाया थापा थिइन् । उनले सार्वजनिक सेवा प्रवाहलाई केन्द्रमा राखेर पेशागत हकहित र वृत्तिविकासका लागि संगठित भएर अगाडी बढ्न आग्रह गरिन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कृष्णबहादुर थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य राजीव पहारी, पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठ, पेशागत महासंघ नेपाल केन्द्रीय कमिटि सचिव एवं गण्डकी प्रदेश इन्चार्ज रामप्रसाद खनाल, पोखरा महानगरपालिका नगर कार्यपालिकामा नेकपा एमाले दल नेता राधिका शाही योगी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य भरत भुषाल, गण्डकी प्रदेश अध्यक्ष अशोक खनाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रिय सचिव छवि शर्मा, गण्डकी अध्यक्ष महेन्द्र गोदार, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज हरिलाल आचार्य र ध्रुब भट्टराईले भनाइ राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिव बराल र संचालन नवराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह