पोखरा । जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको नघटाईएको सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गरेकी छन्।
बाहिर अन्य हल्ला फैलिएको फैलिएको भन्दै जनआन्दोलन घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रम प्रदेश सरकारले निरन्तरता दिएको कारण हल्लाको पछी नलाग्न सुझाव दिइन्।
बाहिर जनआन्दोलन घाइतेले पाउने सेवा सुबिधा प्रदेश सरकार नदिएको हल्लाको भ्रममा नपर्न अनुरोध गरिन्।
राज्यद्वारा बेपत्ता योद्वा मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै अस्पतालमा उक्त सेवा सुविधा लिन सक्ने जानकारी दिइन्।
‘हामी बाच्ने पनि उछुट्टीएर बाँचेको हौं। कसरी बाँचीको थाहा छैन, उनले भनिन, पार्टी हिजो जसरी विभाजन भयो अब सबै केन्द्रित हुनुपर्छ बल्ल शहिदको सपना पुरा हुन्छ।’
प्रचण्डलाई मात्र नभएर जनयुद्धमा होमिएका सबै नेताले जिम्मेवार हुनुपर्ने धारणा राख्दै जनयुद्धको नेतृत्व र कार्याकर्ता सबै एकै ठाउँमा हुनुपर्ने धारण राखिन्।
एउटा मन्त्रीले मात्र मन्त्रालय नभइ जनताको मन्त्रालय रहेको भन्दै जनता मन्त्रालयमा योजना माग्न गए मात्र मिलेर काम गर्न सकिने बताईन। मिलेर अघि बढ्न आफू तयार रहेको जानकारी दिईन्।
चमनलाल बराल (मित्र) लाई २०५९ साल साउन २० गते तत्कालीन शाही सेनाले बेपत्ता बनाएको छ। उनी अहिलेसम्म कहाँ छन् भन्ने खुलाईएको छैन।
चमनलाल बरालको छोरी संगिता बरालले राज्यको आफ्ना बाबुलाई बेपत्ता बनाएको बताईन्। राज्यले चमनलाललाइ लगेर के गर्ये कहाँ लग्यो अहिले कहाँ छन् त्यो परिवारले जानकारी पाउनुपर्ने बताईन्। चमालाल जस्ता हजारौं अन्यमा परेको उनले सुनाईन्।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु