पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको निधनप्रति संस्थाले शोक व्यक्त गरेको छ ।
संघका महासचिव सुशील श्रेष्ठद्वारा सोमवार जारी विज्ञप्तिमा मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष ज्ञवालीको ५५ वर्षमा भएको निधनले संघलाई अभिभावकविहीन तुल्याएको उल्लेख छ ।
विज्ञप्तिमा गुल्मीको थोर्गामा जन्मेका ज्ञवाली २०६० सालमा तत्कालीन विद्रोहीको गोलीबाट मृत्यु भएका आफ्नै बुबा भोजराज ज्ञवालीको ब्रेकिङ समाचार पढ्ने पत्रकारसमेत हुन् लेखिएको छ ।
शिक्षक सेवा आयोग उत्तीर्णपछि गुल्मीकै मनकामना प्राथमिक विद्यालयमा स्थायी शिक्षण शुरु गरेका ज्ञवालीले २०४५ सालदेखि ग्रामीण पत्रकारिता शुरु गरेका थिए ।
भावना दैनिक, आदर्श समाज दैनिक र जनसंघर्ष दैनिक, पाल्पा टाइम्स, स्पेश टाइम, पोखरा विमर्श, सम्बोधन साप्ताहिक र विभिन्न अनलाइनमाध्यममा आबद्ध हुँदै उनले नेपाल ग्रामीण विकास बैंकको अधिकृतमा उत्तीर्ण भएसँगै शिक्षण छोडेका थिए ।
कवि, लेखक तथा गायकसमेत रहेका ज्ञवालीका पाल्पा रानीघाट, बगाले चरी, यसपाला पोखरा जाम्ला वरिलै, धरती फाट्ला आकाश फाट्दैन, यसपाला बटौली जाम्ला बरिलै, लामाचौरको भिलेज प्रोफाइल हाम्रो लामाचौर गीत र सिर्जनाका फूलहरू कवितासङ्ग्रह प्रकाशित छन् ।
सङ्घर्षमा कलम साहित्य समाजबाट उनको सिर्जनाकर्मको सम्मान गर्दै ऋषिराम रानाभाट स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । साथै पछिल्लो समय प्रेस चौतारीको सदस्यतासँगै उनलाई शहीद परिवारकारूपमा नेपाल कम्प्युनिष्ट पार्टी एमालेले २०७९ चैत्र १३ गते अभिनन्दन गरेको थियो ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि बुटवल झरेका ज्ञवालीको अस्पताल नपुग्दै शुक्रवार हृदयघातका कारण निधन भएको थियो ।
उनका एक श्रीमती, एक छोरा र छोरी रहेका छन् । छोरा नेपालमै १०+२ अध्ययनरत र छोरी असीम ज्ञवाली उच्च शिक्षाका लागि अष्टे«लिया रहेकी थिइन् । छोरी नेपाल आएसँगै आइतबार साँझ ज्ञवालीको कालीगण्डकी तटमा अन्तिम संस्कार गरियो ।
बैंकमा अधिकृतको जागिर भन्दा पत्रकारिता रुचिको विषय भएकाले उनले जागिरबाट राजीनामा दिएर परिवारसँगै पोखरामै सञ्चारकर्ममा क्रियाशील थिए । २०७८ सालमा आमा यमकला ज्ञवालीको निधनपछि गुल्मीको थोर्गा पुगेका उनी हाल जन्मथलोबाटै सञ्चारकर्ममा क्रियाशील थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?