मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

pahiro-makawanpur

मकवानपुर । मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन्।

बागमती गाउँपालिका–५ सिग्रेदेभानमा गएराति सुतिरहेका बेला पहिरोले घर पुरिँदा ५५ वर्षीया सन्तमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा परी सन्तमायाकी श्रीमान अक्कल बहादुर स्याङतान, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीय पासाङ बेपत्ता भएका छन्।

अहिले टनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ