पोखरा पटनेरीबाट भक्त साइकलसँगै सेती नदीमा खसे

पोखरा पटनेरीबाट भक्त साइकलसँगै सेती नदीमा खसे

खाेजी कार्य जारी

Patneri

पोखरामा एक जना साइकल यात्री सेती नदीमा खसेका छन् । पाेखरा ३३ बागमाराबाट साइकलमा पटनेरीतर्फ गइरहेका भक्तबहादुर राना  पोखरा–२९ पटनेरीस्थित सेती नदीमा बिहान पुलबाट खसेकाे कास्की प्रहरीले जनाएकाे छ ।

बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ पोखरा–३३ बागमारा बस्ने राना बिहान पौने १० बजेतिर सेतीमा खसेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

घरबाट साइकलमा हिँडेका रानाको चप्पल पुलनजिकै भेटिएको र परिवारले पहिचान गरेको उनले बताए । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टाेली खटिइ खाेजी कार्य भइरहेकाे बिकले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ