पोखरा । आज बिहीबार देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
अहिले बिहान देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, राती देशभर सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
गगन थापाले भने– राज्यसँग जवाफ माग्न पुगेका युवामाथि कुटपिट गर्नु अत्यन्तै चिन्ताजनक र लज्जास्पद !
सरकारी कर्मचारीहरुले रक्सी र चुरोट सेवन गरे कारवाही
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन