तमु (गुरुङ) समुदायले मनाउने माैलिक तथा सांस्कृतिक पर्व ट्होंटे पोखरामा मंगलबार धुमधामका साथ मनाइएको छ।
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्वलाई मंगलबार पोखरामा तमु धिं नेपालले विविध कार्यक्रमको आयोजना गरी मनायो ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा फूलबारीबाट ट्हाेंटे र्यालीसहित महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।
र्यालीमा सहभागीले गुरुङका संस्कार, संस्कृति जनाउँदै भेषभूषामा सजिएर विभिन्न नृत्य र भूत भगाउने अभिनय प्रदर्शन गरेका थिए । र्यालीमा तमुसहित अन्य जातीय समाजका प्रतिनिधिसमेत सहभागी भएको अध्यक्ष गुरुङले जानकारी दिए।
ट्होंटे पर्व बर्षमा उभाैँली र उधाैली गरी दुई पटक मनाउने प्रचलन छ। गुरुङहरुको संस्कृतिकाे निरन्तरता र युगाैँसम्म पहिचान स्थापित गर्न यो पर्व महत्वपूर्ण रहेकाे तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ बताउँछन् ।
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सीमा कटाउदै ट्हो (क्षेत्र) को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।











सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
आमा समूहका लागि माईन्यूट लेखन तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ