पृथ्वीचोकस्थित स्याङ्गजा होटलबाट जुवातास खेलिरहेका ५ जना नगदसहित पक्राउ

पृथ्वीचोकस्थित स्याङ्गजा होटलबाट जुवातास खेलिरहेका ५ जना नगदसहित पक्राउ

juwa-tas

सांकेतिक तस्विर

पोखरा। कास्की प्रहरीले जुवातास खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो पोखरा महानगरपालिका -९ पृथ्बीचोक स्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेका ५ जनालाई नगद सहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।

प्रहरीका अनुसार उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले स्थानीय ४७ वर्षीय देवी प्रसाद सिलवाल सहित ५ जनालाई पक्राउ गरेको हो।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds