काठमाण्डौ। फेसबुक अकाउन्ट ह्याक गरी नजिकका व्यक्तिहरूलाई अनलाइन वालेटमा पैसा हाल्न लगाई ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न व्यक्तिहरूको फेसबुक अकाउन्ट ह्याक गरेर उक्त व्यक्तिका नजिकका साथीहरूलाई म्यासेन्जर मार्फत समस्या देखाई ईसेवा, खल्ती जस्ता वालेटमा पैसा हाल्न लगाएर ठगी गर्ने ५ जनाको समूहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
प्रहरीका अनुसार झन्डै २२ जना पीडितहरूले आफ्नो अकाउन्ट ह्याक गरेर फ्रेन्ड लिष्टमा भएका साथीहरुलाई अज्ञात व्यक्तिले पैसा मागिरहेको भन्ने निवेदन पश्चात प्रहरीले यसबारे अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानका क्रममा काठमाण्डौ महानगरपालिका बसपार्क स्थित ‘रेसुङ्गा बुटबल गेष्ट हाउस’मा कोठा भाडामा लिएर बसी ठगी धन्दा चलाउँदै आएका ५ जनाको समूहलाई बुधबार अन्दाजी ३ बजे पक्राउ गरेको हो। उनीहरूले विभिन्न ३० जना व्यक्तिहरूको फेसबुक आइडी ह्याक गरी १२ जनाको जिमेल आइडी प्रयोग गरेर अनेक बहाना गरी ओटिपी कोड माग्ने गरेको प्रहरीले जनाएको छ। साथै, प्रहरीले अनुसन्धानमा प्राप्त गरेको विवरण अनुसार हालसम्म १४ लाख ५८ हजारको कारोवार गरेको देखिएको पनि कार्यालयले जनाएको छ।
उनीहरुमाथि ठगि तथा विद्युतिय कारोवार ऐन २०६३ बमोजिम अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।


सम्बन्धित खबर
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्