पोखरा। फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य अब करिब २०० मिटर मात्र बाँकी छ ।
पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको खोलाको नाप जाँच कार्यको स्थलगत अवलोकनमा पुगेका महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
“खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएका छन्, प्रमुख आचार्यले भने, यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शङ्का गर्नुपर्ने कुनै कारण छैन ।” उनका अनुसार खोलाको सिमाङ्कन कार्यले खोला माथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको छ ।
फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए । “दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेन सहितको फुटट्रयाक बनाइने छ, उनले भने, यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।” फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएको प्रति उनले गहिरो चिन्ता व्यक्त गरे ।
फिर्केखोला माथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने प्रमुख आचार्यले बताए । खोला माथि नै किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन, खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन, उनले भने, त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारबाही हुन्छ ।” खोला मिचेर आफैले संरचना बनाएको हुनसक्छ तर, खोला नै किनबेच भयो भन्ने कुरा विश्वास गर्न नसकिने उनले बताए ।
सिमाङ्कन कार्यको नेतृत्व गरिरहनु भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी सिमास्तम्भहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अव खोलाको २०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी छ । नाप जाँचका क्रममा खोला माथि अविश्वासिलो ढङ्गले अतिक्रमण गरिएको, स्थायी संरचनाहरू निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उनले बताए ।
खोलाको प्राकृतिक बहावको खोजी र अतिक्रमण विरुद्ध नागरिक अभियान्ताहरुले सकारात्मक सहयोग गरिरहेका छन् । स्थानीयहरूले समेत महानगरको योजना कार्यान्वयनमा सहयोग गर्ने बताउँदै आएका छन् । खेलामा अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्केखोलाको सिमाङ्कन टोलीमा सर्वेक्षक, इन्जिनियर र अमिनहरू सहित ४० जना परिचालित छन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’