पोखराको सेती नदी किनारमा पुरूष मृत फेला, पहिचान खुलेन

पोखराको सेती नदी किनारमा पुरूष मृत फेला, पहिचान खुलेन

mritak fela

पोखरा रामघाट स्थित सेती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । शान्तिवन रामघाट स्थित सेती नदी किनारमा बुधबार साँझ अन्दाजी ५०-५५ वर्षका पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार नदी किनारमा अचेत अवस्थामा भेटिएका उनलाई नजिकैकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन ।

मृतकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ । उचाई ५.४ फिट भएका, कालो ज्याकेट, सेतो निलो कोठे सर्ट, निलो टिसर्ट र कालो पाइन्ट लगाएका मृतकलाई चिन्नेले परिवारसँग सम्पर्क गरिदिन कास्की प्रहरीले अनुराेध समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds