पोखरा । गण्डकी प्रदेशमै पहिलोपटक ओपन हर्ट सर्जरी गरिएको छ । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल अस्पतालमा एक साताअघि गरिएकोमा बिरामी डिस्चार्ज हुने बेलाको खुशीयालीसँगै अस्पतालले प्रेस मिट गरी ओपन हर्ट सर्जरीबारे जानकारी दिएको हो ।
नेपालका बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नंं २०, भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

यो गण्डकी प्रदेशमै पहिलोपटक गरिएको सर्जरी हो । देशकै राजधानी काठमाण्डौबाहेक चितवन, बिराटनगर, धरानमा सुरु भइसक्दा पोखरामा हुन सकेको थिएन । चरकले ३ करोडको प्राविधिक उपकरण जडानगरेसँगै पोखरामा पनि सम्भव भएको हो । साउन २६ गते सर्जरी गरिएका बिरामी गौतम आइतबार डिस्चार्जसमेत हुँदैछन् । उनको मुटुको स्वास्थ्यअवस्था अहिले राम्रो छ ।
डा. भट्टराईका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो । अप्रेसन अवधि करिब ३ घण्टा लागेको थियो । पोखराका विभिन्न अस्पतालमा ट्रान्सक्याथेटर एओर्टिक भल्व इम्प्लान्टेसन (टिएभिआई) लगायत प्रविधिबाट मुटुको उपचार गरिँदै आएपनि छाति छिरेर अर्थात् ओपन हर्ट सर्जरी भने पहिलो पटक भएको हो ।

अब पोखरामै ओपन हार्ट सर्जरी सेवा सुरु भएकाले सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा. भट्टराईले बताए । चरकले इक्यूपमेन्ट जडान गरेपनि पूर्ण सर्जरीका लागि काठमाण्डौबाटै चिकित्सकीय टीम भने ल्याउनुपर्ने बाध्यता छ । अहिले पोखरामा एक जना मात्र यस सर्जरीका लागि सर्जन छन् । गौतमको डाक्टर भट्टराईको नेतृत्वमा अप्रेसन गरिँदा डाक्टरहरु कृष्णप्रसाद बस्याल, अर्जुन गुरुङ र मणीन्द्र बस्नेत सामेल थिए ।

‘अन्य धेरै कुरामा पोखरा अगाडि भए पनि मेडिकल साइन्समा हामी पछाडि नै छौं । अर्थात् चिकित्सातर्फ एकदमै कम विकास भएको छ । मुटुको ओपन हर्ट सर्जरी काठमाडौं, चितवनमा सुरु हुँदा पोखरामा हुन सकेको थिएन । अब पोखरामा पनि सुरु भएको छ । यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने ।
पहिलो सर्जरी भएकाले निःशुल्क गरिएको अस्पतालले जनाएको छ । ओपन हार्ट सर्जरीका लागि अवस्था गरी खर्च लाग्ने चिकित्सकहरु बताउँछन् । सर्जरीका लागि सामान्यतया ५/६ लाख लाग्ने पनि डा. भट्टराईले बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले विपन्न शीर्षकमा १ लाख रुपैयाँ सहयोग पाउने तर अन्य ठाउँमा नपाइने भएपनि पोखराको चरकमा त्यो सुविधा शुरु भएको एमडी पोखरेलले बताए ।
ओपन हर्ट सर्जरीका लागि १ महिनाअघि नेपाल सरकारबाट स्वीकृत लिई आवश्यक सामाग्री जडान गरिएको पोखरेलले बताए । ‘हामी सर्जरीका लागि तयार भएका छौं । अब सबै तयार छौँ, सर्जरीका लागि काठमाण्डौका चिकित्सकसँग समन्वय गरेर सबै सर्जरी यहीँ गर्न सक्षम छौँ ।’ पोखरेलले भने ।

अस्पतालका एमडी पोखरेलका अनुसार ओपन हार्ट सर्जरी भनेको बिरामीलाई तुरुन्तै गर्नुपर्ने होइन, योजना बनाएर गर्नुपर्ने भएकाले चिकित्सकहरुलाई पोखरा डाक्न सकिने सुनाए । डाक्टर भट्टराईले भने पोखरामै आवश्यक जनशक्ति पोखरामा विकसित हुँदै जाने विश्वास व्यक्त गरे ।
पोखरामै ओपन हर्ट सर्जरी सफल हुँदा विष्णुकी पत्नी रीता गौतमले खुसी व्यक्त गरिन् । ‘उहाँ (श्रीमान) बिरामी भएपछि गण्डकी अस्पताल, मणिपाल लगे । त्यसपछि यहाँ (चरक) मा १ महिनाअघि ल्याएका हौं । अस्पतालको खर्च सबै अस्पतालले व्यहोरेको हो,’ उनले भनिन्, ‘काठमाडौं जानुपरेको भए धेरै खर्च लाथ्यो होला । यहाँ खर्च पनि भएन, आफ्नै ठाउँ दुःख पनि भएन ।’ साउदी अरबमा केही वर्ष बिताएर फर्किएपछि विष्णुलाई मुटुको समस्या देखिएको थियो ।

नेपालमा अहिले ओपन हर्ट सर्जरी नै बर्षेनी २ हजार, २५ सय को हुँदै आएको डा. भट्टराईले सुनाए । कार्डियोलोजीको इन्टर भेन्सन सहित वर्षमा ६ /७ हजार मुटुको उपचार हुने गरेको उनको भनाई छ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस