पोखराको अटोवेज प्रालिले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतदेखि ६ वटा स्कुल बस ल्याउन सहयोग गरेको छ । नेपाल ल्याइएसँगै अटोवेजले बिहीबार सम्बन्धित विद्यालयलाई गाडी हस्तान्तरण गरेको छ ।
अटोवेजकी निर्देशक सन्ध्या पौडेलका अनुसार यी बसहरु ल्याएर हस्तान्तरण गर्न सहयोग गर्नुको उद्देश्य नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि होस् भन्ने अटोवेजको शुभेच्छा रहनु हो ।
पोखरा २५ स्थित श्री अम्बिका माध्यमिक विद्यलाय, १८ स्थित श्री शान्त माध्यमिक विद्यालय र १६ स्थित श्री शान्ति माध्यमिक विद्यालय, गोरखाको अजरिकोट गाउँपालिका ४ स्थित श्री हिमालय माध्यमिक विद्यालय, तनहुँको आबुखैरनी गाउँपालिकाको अकला आधारभूत विद्यालय र आँबुखैरेनी १ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो ।
यस अघिदेखि नै पोखराको नयाँबजारस्थित रहेको अटोवेज शोरुमले सामाजिक क्षेत्रका क्षेत्रका काम गर्दै आएको छ । अटोवेजले विद्यार्थी केन्द्रित कार्यक्रम पनि गर्दै आएको छ । विज्ञान प्रदर्शनीदेखि लिएर स्वास्थ्य शिविर गरेको छ । युवा, खेलाडी, विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरी हौसला बढाएको छ ।
गत हप्तामात्र अटोवेजले तीन दिन आँखा शिविर संचालन सञ्चालन गरेको थियो । मणिपाल अस्पतालको प्राविधिक सहयाेगमा स्कुल बसका चालक तथा सहचालकहरूलाई लक्षित गरेर निःशुल्क आँखा जाँच शिविर गरिएको थियो । शिविरले दिनहुँ हजारौँ विद्यार्थीहरूलाई ओसार पसार गर्ने चालक तथा सहचालकहरूको स्वास्थ्य हुनुपर्छ भनेर पोखराका अधिकांश विद्यालयमा निःशुल्क आँखा चेकजाँच गरिएको थियो ।
पोखरामा टोयटा, आइसर, कोमात्सु तथा बुलको आधिकारिक विक्रेता अटोवेजले विद्यार्थी, अभिभावक र विद्यालयसँग जोडेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । अटोवेजले गोविन्द कलावती फाउन्डेसनमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग समेत गर्दै आएको छ ।
सम्बन्धित समाचारः
विद्यार्थीका लागि अटोवेजको ‘साइन्स फेयर’
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो