पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय भाषा ज्ञान प्रतियोगितामा अञ्जुली आवसीय विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा शान्ती वाटिका वोर्डिङ स्कूल द्धितीय, डायमण्ड मोडेल स्कूल तृतीय र हेम्जा वोर्डिङ स्कूल सान्त्वना भएका छन् ।
प्रतियोगितामा विजयी विद्यालयमा नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, द्धितीय उपाध्यक्ष केशवशरण पौडेल, सहसचिव प्रेमराज अधिकारीले ट्रफी मेडल प्रदान गरेका थिए ।
कार्यक्रममा फाइनल चरणमा प्रवेश गरेका दुई विद्यालय वाल प्रतिभा वोर्डिङ स्कूल र अक्सफोर्ड स्कूललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।
‘विद्यालयका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एन प्याव्सनले विविध कार्यक्रम गर्दै आएको छ’ एन प्याव्स्न कास्कीका अध्यक्ष अधिकारीले भने, ‘यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएका छौं ।’
प्रतियोगिताको सहजिकरणक डा.भूमिराज वस्ताकोटी, लोकचन्द्र खनाल, शिवहरी सुवेदी र जिवन सागर भण्डारीले गरेका थिए ।
नेशल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ र कार्यक्रम सहसंयोक आत्माबहादुर थापाले बोलेका थिए ।
सम्बन्धित खबर
क्यूएए प्रमाणपत्र प्राप्तिपछि पोखरा बहुमुखी क्याम्पसमा खुसीयाली
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरू
पोखरामा ‘शहरी योजना: उपकरण र प्रविधिहरू’ विषयक ४ दिवसीय तालिम सम्पन्न
त्रिवेणी कलेजका विद्यार्थीमाझ पौडेल, ‘विदेशमा सीप सिकौं, स्वदेश फर्केर व्यवसाय र सेवा गरौँ’
युआरएलको प्राविधिक सहयोगमा साढे २ सय जनाको मधुमेह र टिजी जाँच
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दाबी
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ