पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय भाषा ज्ञान प्रतियोगितामा अञ्जुली आवसीय विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा शान्ती वाटिका वोर्डिङ स्कूल द्धितीय, डायमण्ड मोडेल स्कूल तृतीय र हेम्जा वोर्डिङ स्कूल सान्त्वना भएका छन् ।
प्रतियोगितामा विजयी विद्यालयमा नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, द्धितीय उपाध्यक्ष केशवशरण पौडेल, सहसचिव प्रेमराज अधिकारीले ट्रफी मेडल प्रदान गरेका थिए ।
कार्यक्रममा फाइनल चरणमा प्रवेश गरेका दुई विद्यालय वाल प्रतिभा वोर्डिङ स्कूल र अक्सफोर्ड स्कूललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।
‘विद्यालयका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एन प्याव्सनले विविध कार्यक्रम गर्दै आएको छ’ एन प्याव्स्न कास्कीका अध्यक्ष अधिकारीले भने, ‘यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएका छौं ।’
प्रतियोगिताको सहजिकरणक डा.भूमिराज वस्ताकोटी, लोकचन्द्र खनाल, शिवहरी सुवेदी र जिवन सागर भण्डारीले गरेका थिए ।
नेशल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ र कार्यक्रम सहसंयोक आत्माबहादुर थापाले बोलेका थिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा