पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका डीन डा। अजय थापाले आजको स्कुलको शिक्षाले व्यवहारिक एवम् जीवनोपयोगी सीप हासिल गराउनुपर्ने र त्यसका निम्ति पोखरा आदर्श सेकेन्डरी स्कुल अब्बल रहेको धारणा राखे ।
विशिष्ट अतिथि वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले गीतमार्फत विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्दै गीत मार्फत् नै विद्यार्थीहरुलाई पढ्न र लेख्न अभिप्रेरित गरे । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान गरेवापत उनलाई कार्यक्रममा अभिनन्दन पनि गरिएको थियो ।
उक्त कार्यक्रममा उनलाई नेपाली लोकगीतको संरक्षण र उन्नयनका निम्ति अनवरत रूपमा साधना गरी अतुलनीय योगदान दिएकोमा अभिनन्दन गरिएको थियो। कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने, लेक सिटी कलेजका अध्यक्ष प्रा। डा विश्वकल्याण पराजुली लगायतको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्राचार्य फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राखे भने कक्षा १० का छात्राहरुबाट स्वागत नृत्य प्रस्तुत भएको थियो। यस्तै, कक्षा १२ का विद्यार्थीहरुले विभिन्न भाषामा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कक्षा ११ विज्ञान संकायकी छात्रा ऋचा अधिकारीले धन्यवाद मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा विद्यालयको स्कुल गीत ूनराम्रो सोचाइमा डुल्न हुँदैनू बोलको गीतको गायन तथा रचनाबाट विद्यालयमा अध्यापनरत नेपाली भाषा विषयका शिक्षक ज्ञानेश्वर सुवेदी एवम् पाश्र्व स्वर दिने बाल कलाकारहरु संस्कृति सुवेदी, रोधा तामाङ, अभिषेक आचार्य,अस्मित पराजुली, निरुता श्रीसलाई सम्मान गरिएको थियो।
कार्यक्रममा कक्षा १२ र ११ मा अध्ययनरत विद्यार्थीहरुले गायन, नृत्य, कविता आदि प्रस्तुतिबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा औपचारिक कार्यक्रमको संचालन नेपाली भाषा विषय शिक्षक ज्ञानेश्वर सुवेदीले गरेका थिए भने मनोरञ्जनात्मक कार्यक्रमको संचालन विद्यार्थीहरु भैरव सिर्पाली, नम्रता आचार्य, ईश्वर रसाइली र आयुशा आचार्यले संयुक्त रूपमा गरेका थिए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु