पोखरा । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपाल, रिजन १२ अन्तर्गतका जोन २३ र २४ का क्लबहरूको संयुक्त पदस्थापन तथा सपथग्रहण सम्पन्न भएको छ ।
गण्डकी क्षेत्रका ९ वटा क्लबहरूको सोमबार पदस्थापन गराउँदै डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन भीमलाल पौड्यालले लायनवादलाई स्थापित गराउन क्लबहरूको प्रमुख भूमिका हुने बताए । सेवाबाट सन्तुष्टि प्राप्त गर्ने डिष्ट्रिक्टको मूल नारा अन्तर्गत प्राथमिकता क्रममा राखिएका कार्य गर्न जोड दिँदै उनले पदस्थापित क्लबलाई सदस्यतासँगै क्लब वृद्धिमा समेत ध्यान दिन आग्रह गरे । विभिन्न संघसंस्थासँग मिलेर सामाजिक कार्यमा हातेमालो गर्न सुझाव दिँदै डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन पौड्यालले सेवाका कार्यसँगै लायन्सका विभिन्न गुठीमा योगदान गर्न समेत जोड दिए ।
फष्ट भाइस डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन चण्डीप्रसाद अर्यालले नयाँ स्थापित क्लब र नयाँ सदस्यहरूलाई स्वागतसहित सपथ ग्रहण गराउँदै लायनवादको मूल मर्मलाई आत्मसात गरेर प्रतिबद्ध भएर सेवाका कार्य गर्न आग्रह गरे । त्यस्तै, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन धनीराम बरालले सेवासँगै योगदानलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । डिष्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटर लायन किशोर बराल, डिष्ट्रिक्ट पीआरओ इन–चिफ लायन दीपक खरेलले लायनवादको महत्वका बारेमा बोलेका थिए ।
कार्यक्रममा जोन २३ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा डेष्टिनेशन, लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेञ्चुरी, लायन्स क्लब अफ पोखरा शान्ति स्तुपा चौतारी र लायन्स क्लब अफ पोखरा समता प्रदेशको पदस्थापन गरिएको हो । त्यसैगरी, जोन २४ अन्तर्गतका नयाँ क्लब लायन्स क्लब अफ पोखरा इन्टरप्रेनर्स टाउनसहित लायन्स क्लब अफ पोखरा डाउन टाउन, लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउन, लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश, लायन्स क्लब अफ पोखरा डायमण्ड टाउनको समेत पदस्थापन गरिएको छ । सो अवसरमा क्लबका निवर्तमान अध्यक्षहरूले कार्यप्रतिवेदन र वर्तमान अध्यक्षहरूले भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पहिलो सत्रको अध्यक्षता जोन २३ का जोन चेयरपर्सन लायन राजेन्द्रप्रसाद शर्मा र दोस्रो सत्रको अध्यक्षता लायन शिव तिमिल्सिनाले गरेका थिए । सो अवसरमा रिजन चेयरपर्सन एमजेएफ लायन कोपिला श्रीस, जोन २४ का जोन चेयरपर्सन लायन शुक्रराज अधिकारी र लायन छविलाल पनेरूले पनि बोलेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’