पोखरा । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।
जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) मा लगेर उपचार थालिएको थियो । अवस्था जटिल हुँदै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । थप उपचारका लागि काठमाडाै लैजाने तयारी भइरहेकाे अवस्थामा उनकाे मृत्यु भएको नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार ६० प्रतिशत उनको शरिर आगोले जलेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०५५ मा पोखराकै भलाममा जन्मेकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् । उनको गत वर्षमात्र विवाह भएको थियो ।
उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो । चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिँदै शवमा झण्डा ओढाएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो