पोखरा । देशभरको मौसम बदली रही आज बिहीबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सम्बन्धित खबर
विपक्षीसँगै उठे रास्वपाका अमरेश सिंह, भने- देश ठूलो दुर्घटनातिर जाँदै छ
‘सरकारमा बस्नेले आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय अगाडि अवैधानिक पार्किङ गरायो’
‘प्रधानमन्त्री मेयर हुँदा सिंहदरबार जलाइदिन्छु भन्नुभयो जल्यो, भोलि सीमा मिचिने त होइन ?’
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
बाढीपहिराले आठ राजमार्ग अवरुद्ध
मिडिया गेटमा गाडी तेर्साएर अवरोध प्रकरणमा रविले भने- दोषी आफ्नै कार्यकर्ता परे पनि छाड्दैनौं
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ