हेमजा । पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ ।
शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए । उनले वडा बाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले शिक्षाका लागि आउने आर्थिक गतिविधि बारे जानकारी दिदै शिक्षामा सन्तोष लिन नहुने बताए । आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने बताउदै शिक्षामा प्रबिधिको प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सचिव सुबोध खनालले गत बर्ष वडामा भएका उपलब्धिको जानकारी गराएका थिए ।
बिद्यालयमा अनुगमन गर्नुपर्ने उल्लेख गर्दै बिद्यार्थीलाई वडा बाहिर जान नपर्ने बनाउन पर्नेमा सहभागीको भनाइ छ । सहभागीले सामुदायिक र संस्थागत बिद्यालयले एउटै पात्रो मा चल्नुपर्ने उल्लेख गर्दै सामुदायिक बिद्यालयमा धेरै बिदा भएको गुनासो गरेका थिए । बाल शिक्षालाई लगानी गर्नुपर्ने बताउदै सामुदायिक बिद्यालयमा भौतिक अभाव रहेको गुनासो रहेको छ ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुचना अधिकृत ईश्वरीप्रसाद बाँस्तोलाले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन