सञ्चारकर्मी रोशनी (एलिजा) को अल्पायूमै निधनले प्रेस चौतारी कास्की स्तब्ध

प्रेस चौतारी

सञ्चारकर्मी रोशनी (एलिजा) को अल्पायूमै निधनले प्रेस चौतारी कास्की स्तब्ध

क्रियाशील सदस्यको निधनले संगठनलाई अपूरणीय क्षति

aliza shok

पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री (एजिला) को अल्पायूमै भएको निधनले प्रेस चौतारी, कास्की स्तब्ध बनेको जनाएको छ । प्रेस चौतारी नेपाल, कास्की शाखा कमिटिले एक शोक विज्ञप्ति जारी गरी साधारण सदस्य क्षेत्रीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रेस चौतारी कास्कीका सचिव रञ्जन अधिकारीले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ– ‘साधारण सदस्य क्षेत्रीको असामयिक निधनले हामी निकै मर्माहत र स्तब्ध भएका छौँ । रोशनी निकै हँसिलो, मिजासिलो, प्रष्ट वक्ता, सहयोगी, मेहनती र आदरभावपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । स्व. रोशनी संस्थागत गतिविधिमा निकै क्रियाशील हुनुहुन्थ्यो । उहाँले प्रेस चौतारी कास्की शाखामा क्रियाशील सदस्यका रुपमा संस्थाप्रति पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछौँ । संस्थालाई उहाँको अभाव खड्किरहनेछ ।’

यस दुःखद घडीमा स्व. रोशनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनलाई यो कठिन समयमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना पनि चौतारीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds