पोखरामा घुमुवा प्रहरीले समात्न खोजेपछि एक युवा सेती नदीमा हामफालेर बेपत्ता छन् ।
बुधबार सिभिल प्रहरीको टोली चारजना युवालाई लागुऔषध सेवन तथा कारोबारको आशंकामा नियन्त्रणमा लिन पोखरा १ सिम्पानी नजिकै कसेरी गएको थियो । प्रहरीले उनीहरुका साथीहरुलाई नै प्रयोग गरी रंगेहात पक्रने योजना बनाएको थियो ।
तीनजना युवक पक्राउ पनि परे । तर, अर्काे एक जना भने प्रहरीलाई देखेपछि नदितिर भाग्न थाले । सेतीमा हाम फाल्ने युवा पोखरा–१ कसेरीका २८ वर्षीय सन्तोष तामाङ रहेका छन् । स्थानीयवासीले भने प्रहरीले लखेटेपछि डराएर सन्तोषले नदीमा हाम फालेको र प्रहरी त्यसपछि उद्धार नगरी फर्केको बताएका छन् ।
सन्तोषका भाइले नै दाइ नदीमा हाम्फालेको देखेको भन्दै प्रहरीलाई भनेपनि उद्धार नगरी फर्किएको जिकिर गरेका छन् । नदीमा हाम फालेको चार घण्टा घण्टापछि मात्रै प्रहरी खोज्न भनेर सेती नदी किनार पुगेको थियो ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्रवणकुमार बिक नै घटनास्थल पुगेका थिए । समातिने युवा कारोबारी हुन् कि प्रयोगकर्ता अनुसन्धानकै क्रममा रहेकोे प्रहरीले जनाएको छ ।
कसेरीबासीले वडा प्रहरी कार्यालय बगर अगाडि नाराबाजी गरे । केहीबेर स्थिति तनावग्रस्त पनि बनेको थियो । प्रहरीले संयमता गुमाउँदा नदितिर भाग्नुपर्ने वातावरण बनेको र उर्लँदो सेतीमा हाम्फालेपछि पनि तत्काल कुनै उद्धारको प्रयास नगरी नदेखे नसुनेझैं प्रहरी फर्किएकोमा स्थानीयको चरम असन्तुष्टि छ ।

सम्बन्धित खबर
जबरजस्ती करणी मुद्दाका फरार खुमा १५ महिनापछि पक्राउ
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
सुनसरीमा भिनाजुले गरे गोली हानेर सालीको हत्या
सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद
कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ