पोखरा । भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ।
हरेक वर्ष हुँदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय गीत नृत्य लगाएतका विभिन्न मनोरञ्ननात्मक सास्कृतिक तथा धार्मिक गतिविधि गरिने र रात्री १२ बजे भगवान कृष्णको जन्म महोत्सव समापन गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताए।
मन्दिरमा साउन २१ गतेबाट सगिंतमय श्रीमद् वितक तथा कृष्ण कथा वाचन जारी छ । उक्त वाचनमा पछिल्लो समय भक्तजनको उल्लेख्य सहभागीता हुँदै आएको छ । कथाको वाचन कृष्ण प्रणामी धर्मका धर्मप्रचारीका साधवी पुजन शिखा माताले गर्दै आएका छन् । प्रमुख वाचिका पुजन शिखा माताले आत्मा पहिचान गराउने धर्म शास्त्रहरु भनेको आफैलाई हेर्ने ऐना भएको बताए। हरेक मानिसमा प्रेमको जागृत गराउन ज्ञानको आवश्यक हुने बताए। उनले विगत देखि नै हिन्दु धर्म माथि प्रहार हुदै आएको बताउदै वितक कथा मार्फत हिन्दु जागरण सहित मानिसमा प्रेमको भाव प्रकट हुने बताए।
भाद्र २० गते कृष्ण प्राकट्य महोत्सव संगै यस वर्षको श्रीमद् वितक तथा कृष्ण कथा वाचन समापन हुने आयोजक श्री कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सम्बन्धित खबर
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
यो पनि पढौँ
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना