पोखराको होटलमा जुवाखालबाट पक्राउ परेकामध्ये एकजना गाउँपालिका अध्यक्ष नै भएको खुलेको छ ।
सिर्जनाचोक स्थित होटल लक्ष्मीमा विहीबार जुवा खेलिरहेका बेला पक्राउ परेका जुवाडेको टोलीमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको हो । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले साँझ पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अध्यक्ष लालचनले आफ्नो नाम पूरा नभनी मोहन थकाली मात्र भनेका थिए । यो नाम गण्डकन्यूजमा प्रकाशन भएपछि मुस्ताङका केही युवाले फोन गरेर यस्तो नाम यो ठाउँमा नभएको जानकारी दिए ।
यसबारे बुझ्दा प्रहरीलाई नै पूरा नाम नभनी नाम फेरेको पाइयो । पक्राउ पर्ने अन्यमा हाेटल सञ्चालक मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर हिराचन, नविनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।
सातै जनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
सम्बन्धित समाचारः
पोखरा सृजनाचोकको होटल लक्ष्मीबाट ४ लाख बढी नगदसहित ७ जुवाडे पक्राउ
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?