पोखरा। कास्की प्रहरीले जुवा खेलिरहेका सात जनालाई नगद सहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -८ सृजनाचोक स्थित ‘होटल लक्ष्मी’ बाट जुवा खेलिरहेका सात जनालाई नगद ४ लाख २० हजार २८० सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक वेद जोशीले जानकारी दिए।
उक्त स्थानमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
डिएसपी जोशीका अनुसार ईन्द्र बहादुर हिराचनले संचालन गरेको उक्त होटलको ग्राउण्ड फ्लोरमा होटल संचालक समेत हारजीतको लागि जुवा खेल्दैछन् भन्ने गोप्य सूचनाको आधारमा बैदामको प्रहरी टोलीसमेत गई उनीहरू बसेको कोठा तथा शरिर खानतलासी गर्दा होटल संचालकसहित ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला मुस्ताङ घोरपझोङ गापा वडा न २ घर भएका बर्ष ५७ का ईन्द्र बहादुर हिराचनको साथबाट १७ हजार ८५०, सोहि ठाउँका बर्ष ५८ का मोहन थकालीको साथबाट ५६ हजार ७५०, बर्ष ४६ का नबिन प्रसाद थकालीको साथबाट ४६ हजार ५०० रुपैंया बरामद गरिएको छ ।
यस्तै, पोखरा ८ सृजनाचोक बस्ने बर्ष ६३ का शंकर ज्वारचनको साथबाट ३७ हजार ८३५, महेन्द्रपुल बस्ने बर्ष ५३ का गुन्ज हिराचनको साथबाट ८४ हजार ३३०, रामबजार बस्ने बर्ष ५२ का राजु गुरुङको साथबाट २ हजार ८०५, रामबजारकै बर्ष ५९ का दल बहादुर हिराचनको साथबाट ८९ हजार ८२० सहित खालबाट १ लाख ११ हजार २ सय गरी जम्मा ४ लाख ४७ हजार ८० रुपैंया नगद र जुवा खेल्न प्रयोग भएको २०८ पत्ति तास बरामद गरिएको डिएसपी जोशीले जानकारी दिए ।
*विस्तृतमा समाचारसहित शीर्षक सच्याइएकाे
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन