पोखरा । पोखरा १३ आर्वामा आयोजित एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नागेश्वर महादेव मन्दिर विकास समितिको आयोजना र अन्नपुर्ण आयुर्वेदिक क्लिनिक पोखरा १२ सितलादेवीको प्राविधिक सहयोगमा आर्वा मणिदिप स्थित नागेश्वर मन्दिर परिसरमा उक्त शिवर सचांलन भएको हो ।
शिविरमा पाईल्स, फिस्टुला, कब्जियत, मधुमेह, थाईसाइड, पेसर, युरिक एसिड, ग्यास्टिक, प्रसुती लगायतका समस्याहरु लिएर शिविरमा आएको डा.ज्योती ठाकुरले बताए । उनले विरामीको उपचार सहित निशुल्क औषधी पनि प्रदान गरेको र कतिपय जटिल समस्या भएकालाई अस्पतालमै उपचार गराउन पर्ने भएको बताए । डा.ठाकुर सहित शिविरमा अमित न्यौपाने, सम्झना मझकोटी, अमृत आचार्य उपचारमा खटिएका थिए ।
नागेश्वर महादेव मन्दिर विकास समिति सचिव एवम स्वास्थ्य शिविर संयोजक शिव राज बरालले धार्मिक गतिविधि वाहेक गाउँठाउँमा अझै पनि स्वास्थ्य उपाचारबारे मानिसहरु सचेत नहुने भएकाले सामाजिक उतरदायित्व अन्तर्गत गाउँमै विषेशज्ञ डाक्टर बोलाएर निशुल्क शिविर संचालन गरेको बताए ।
समितिका अध्यक्ष विष्णु प्रसाद बरालले कुनै औपचारिक कार्यक्रम नगरि नितन्त स्थानियहरुको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको बताए ।
उनले आर्वा मणिदिपमा रहेको महाप्रभुधाम सहित नागेश्वर शिव मन्दिरको धार्मिक, एतिहासिक र पर्यटकीय महत्व बोकेको स्थल भएकोले यस्को विकासका लागि सबै निकाय सँग पहल भइरहेको बताए ।
सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ